
जिल्ला समन्वय समिति गुल्मीको आयोजनामा गुल्मी जिल्लाका विकास निर्माणसंग सम्बन्धित कार्यालयहरू र स्थानीय तहहरूको २०७९/०८० को वार्षिक प्रगति समिक्षा बैठक तथा आ.व. २०८०/०८१ को बजेट तथा कार्यक्रमको जानकारी मितिः २०८० श्रावण २९ र ३० गते जिल्ला समन्वय समितिको सभाहलमा संचालन भएको छ । कार्यक्रमको पहिलो दिन जिल्ला समन्वय समिति गुल्मीका प्रमुख श्री द्रोण खत्रीको सभाध्यक्षतामा, गुल्मी क्षेत्र नं.२ प्रदेश ‘क’ का प्रदेश सभा सदस्य माननीय श्री डिल्लिराज भुसालको प्रमुख आतिथ्यता, नगर /गाउँपालिका प्रमुख /अध्यक्ष, उपप्रमुख /उपाध्यक्ष ,प्रमुख जिल्ला अधिकारी , राजनीतिकदलका प्रतिनिधिज्युहरु, नागरिक समाज, सुरक्षाकर्मीज्युहरु, पत्रकारज्युहरु लगायत अन्य सरोकारवालाहरुको विशेष उपस्थितिमा पहिलो चरणको कार्यक्रममा गुल्मी जिल्लाका स्थानीय तहहरुको वार्षिक प्रगति समिक्षा तथा आगामी चालू आ.व. ०८०/८१ को बजेट तथा कार्यक्रमहरुको बारेमा प्रमुख प्रशासकीय अधिकृत ज्युहरुले प्रस्तुतीकरण गर्नुभएको थियो ।