असंरक्षित / सडक बालबालिकाहरुको ब्यबस्थापन सम्बन्धी बैठक सम्पन्न । १२ वटा स्थानिय तहहरुमा स्थानीय तहको वित्तीय सुशासन जोखिम मुल्यांकन (FRA ) सम्बन्धि एक दिने अभिमुखिकरण तालिम सम्पन्न । स्थानीय तहहरुमा ठूला आयोजनाहरुको छनौट र सुचिकृत गर्ने सम्बन्धी कार्यशाला गोष्ठी तम्घास स्थित समन्वय समितिको सभा हलमा सम्पन्न । आ.व २०७८।०७९ को वार्षिक प्रगति समीक्षा तथा आ.व २०७९।०८० को कार्यक्रम सार्वजनिकीकरण सम्पन्न कानूनहरुको हार्डकपी तथा सफ्टकपी उपलव्ध गराइदिने सम्वन्धमा (स्थानीय तह सबै, गुल्मी) । क्षतिको विवरण पठाउने सम्बन्धमा। समिक्षा फर्मेट २०७५ आ.ब.२०७४/७५ को ज्यामी ज्याला, ढुवानी रेट तथा निर्माण सामग्रीहरुको स्वीकृत जिल्ला दररेट गुल्मी जिल्लाका कार्यकारी अधिकृतहरुको विवरण जिल्ला वास रणनीतिक योजना २०७३

स्थानीय तहहरुमा ठूला आयोजनाहरुको छनौट र सुचिकृत गर्ने सम्बन्धी कार्यशाला गोष्ठी तम्घास स्थित समन्वय समितिको सभा हलमा सम्पन्न ।

जिल्ला समन्वय समितिको कार्यालय गुल्मीको र लुम्बिनी प्रदेश पुर्वाधार विकास प्राधिकरण राप्ती उपत्यका दाङ को संयुक्त आयोजनामा र डी.आर.एस. डेभलपर्स एण्ड डिजाइनर्स प्रा.लि. काठमाडौको प्राबिधिक सहयोगमा स्थानीय तहहरुमा ठूला आयोजनाहरुको छनौट र सुचिकृत गर्ने सम्बन्धी कार्यशाला गोष्ठी तम्घास स्थित समन्वय समितिको सभा हलमा सम्पन्न भएको छ । गुल्मी जिल्लाका स्थानीय तहहरुका सवै प्रमुख /उपप्रमुख , अध्यक्ष /उपाध्यक्ष र इन्जिनियरहरुको बिशेष उपस्थिति रहेको कार्यक्रममा गोष्ठीको मुख्य उद्देश्य नगरपालिकाका ५ वटा र गाउँपालिकाका ३ वटा ठुला आयोजनाहरु सुचिकृत गर्ने रहेको थियो । जुन आयोजनाहरु मध्य कृषि , पर्यटन र पुर्वाधारलाई उच्च प्राथमिकतामा राखिएको थियो । उक्त कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख तेजिन्द्र सलामी मगर , निमित्त जिल्ला समन्वय अधिकारी सृजना मिश्र को विशेष उपस्थिति रहेको थियो भने जिल्ला समन्वय प्रमुख श्री द्रोण खत्रीको प्रमुख आतिथ्यतामा गोष्ठी सम्पन्न भएको छ ।
-मिति २०७९ असोज १२ गते बुधबार ।

Skip to toolbar