गुल्मी जिल्ला लुम्बिनी प्रदेशको शैक्षिक एवं पर्यटकीय दृष्टिले अग्रणी जिल्ला हो। प्राकृतिक सौन्दर्य र संस्कृतिले धनी मानिने गुल्मी जिल्ला शैक्षिक र सामाजिक दृष्टिले समेत त्यत्तिकै अग्रणी छ। यस जिल्लाको सदरमुकाम तम्घास रहेको छ।
(१) जिल्लाको भूगोल र इतिहास
संस्कृत भाषामा सैनिक वा पल्टन भएको ठाउँलाई गुल्म भनिने र सामरिक महत्व बोकेको हालको गुल्मी क्षेत्रमा पनि लिच्छिवकाल र मध्यकालमा सैनिक छाउनी रहने भएकोले यसलाई गुल्मी भनी नामाकरण गरिएको हो भन्ने भनाइ रहेको छ। लिच्छवि कालमा यो ठाउँ गढी गुल्म गण्डकी नदीको छेउको छाउनी भनिन्थ्यो। यहाँ गुल्मी चारपाला भन्ने ठाउँ पनि छ। जसलाई गुल्मीकोट पनि भनिन्थ्यो। यसैका आधारमा यस जिल्लाको नाम गुल्मी रहेको भन्ने भनाइ पनि पाइन्छ। गुल्मी जिल्ला ११४९ वर्ग किलोमिटरमा फैलिएको छ।
प्राचीन कालदेखि नै प्रसिद्ध नेपालको चार धाममध्ये एकधाम रुरु क्षेत्र, पौराणिक, ऐतिहासिक गाथा बोकी जैविक विविधता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण तपोभूमि रेसुङ्गा क्षेत्र, यसैगरि धार्मिक ऐतिहासिक महत्व बोकेका रुद्रवेणी, कुर्घा मालिका, श्रृंगाको श्रृंगिश्वर मन्दिर, लिच्छवीकालिन चारपालाको शिवालय, शान्तिपुरको चक्रेश्वर, ऐतिहासिक दरबार र कोटहरू गुल्मी चारपाला दरबार, मुसिकोट, चन्द्रकोट, ईश्माकोट, धुर्कोट जैविक विविधता र प्राकृतिक सौन्दर्यले महत्व बोकेका मदाने लेक, टिमुरे लेक, दिब्रुङ दह, थाप्ले, कङ्के देउराली, सत्यवती, शालिमेदह, प्रकृतिको अनुपम संरचना विचित्र गुफा, सिदेश्वर गुफा, अचमेश्वर गुफा आदि ऐतिहासिक, धार्मिक एवं प्राकृतिक सम्पदा गुल्मी जिल्लामा रहेका छन्।
यी स्थानहरू धार्मिक महत्वले मात्र नभई जैविक विविधता, पर्यटकीय स्थल, जलश्रोतको मुहान, तीर्थस्थलको रूपमा परिचित छन्। सदरमुकामको शिरमा रहेको रेसुङ्गा क्षेत्र पौराणिक कालका ऋषि ऋष्य श्रिङ्गा तपोभूमि हो। यस क्षेत्रमा हालैको एक संस्थाको अध्ययनबाट लोपोन्मुख २ जातिको गिद्ध पाइएको छ। यस जैविक विविधताले सम्पन्न रेसुङ्गा पहाडमा प्रकृतिमा आधारित पर्यटन अन्तर्गत साहसिक पर्यटनको विकास गर्न सकिन्छ। बिभिन्न जात जातिहरूको समिश्रण रहेको यस जिल्लामा जनजातिहरूको आफ्नै कला, संस्कृति, भेषभुषा रहेका छन्।
गुल्मी जिल्ला स्याङ्जा, पर्वत, प्यूठान, वाग्लुङ, पाल्पा र अर्घाखाँचीको बीचमा अवस्थित छ। धार्मिक एवं ऐतिहासिक दृष्टिले समेत यो जिल्ला निकै प्रसिद्ध जिल्ला हो। रुरु क्षेत्र पूर्वीय सभ्यताको एउटा महत्वपूर्ण केन्द्र हो, त्यसैगरि पर्यटकीय दृष्टिले समेत गुल्मी जिल्ला अनुपम मानिन्छ। व्यवसायिक दृष्टिले गुल्मी कफी खेतीको जिल्लाका रुपमा परिचित छ।
राजनीतिक विभाजनको आधारमा गुल्मीलाई संघीय संसदको २ निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ। त्यसैगरी प्रदेशका ४ निर्वाचन क्षेत्र रहेका छन्। गुल्मी जिल्लामा १२ स्थानीय तह रहेका छन्। ती हुन्, रेसुङ्गा नगरपालिका, मुसीकोट नगरपालिका, मालिका गाउँपालिका, मदाने गाउँपालिका, धुर्कोट गाउँपालिका, ईश्मा गाउँपालिका, गुल्मी दरबार गाउँपालिका, चन्द्रकोट गाउँपालिका, कालीगण्डकी गाउँपालिका, सत्यवती गाउँपालिका, छत्रकोट गाउँपालिका, रुरु गाउँपालिका।
(२) भूगोल र हावापानी
भौगोलिक विभाजनका दृष्टिले गुल्मी जिल्लालाई ३ भागमा बाँड्न सकिन्छ। मूख्यत पहाडी जिल्लाका रुपमा परिचित गुल्मीमा नदी किनारामा ठूला फाँटहरु रहेका छन्। त्यसैगरी उच्च पहाडी क्षेत्रमा ठूलठूला घाँसेमैदानहरु रहेका छन्, जुन मैदानहरु पशुपालनका दृष्टिले अत्यन्त उपयोगी मानिन्छन्। ती तीन क्षेत्र हुन्।
(क) उच्च भूमि – ७००० फिटदेखि ९००० फिटसम्मको उचाइ भएको पूर्व पश्चिम भई फैलिएको महाभारत श्रृंखला यस क्षेत्रमा पर्दछ। रेसुङ्गा लेक, थाप्लेको लेक, धार दिने गुफा यस क्षेत्रका प्रसिद्ध ठाउँरू हुन्। यस क्षेत्रमा मूख्यत पशुपालन र निर्वाहमूखी कृषि नै स्थानीय जनताको मूख्य पेशा हो ।
नेपालमा पहिलोपटक कफी खेतीको शुरुवात गर्ने गौरवमय इतिहास बोकेको गुल्मी जिल्ला विदेशमा सबैभन्दा बढी अर्गानिक कफी निर्यात गर्ने जिल्ला पनि हो। जापान र कोरियामा गुल्मीको कफी निर्यात हुने गर्दछ। जिल्लाका विभिन्न भागमा तरकारी खेती, अदुवा खेती, सुन्तला खेती, उखु खेती, च्याउ खेतीका लागि उपयुक्त जलवायु रहेको छ। बलेटक्सार सिन्दुरेको भण्डारी डाँडामा नेपालमै पहिलो कफी अनुसन्धान केन्द्रको स्थापना भएको छ।
गुल्मी जैविक विविधताले भरिपूर्ण पहाडी क्षेत्र भएकाले मौरीपालन व्यवसायको विस्तार गर्न सम्भव रहेको छ। नेपालको दोस्रो ठूलो व्यापारिक केन्द्र बुटवलबाट ११५ किमि मात्र टाढा रहेको गुल्मी जिल्लामा उत्पादित वस्तुहरू निर्यात गर्न कुनै समस्या छैन। हाल यस जिल्लाबाट बाहिर विक्री वितरण भएका प्रमुख कृषि उत्पादनमा कफि, टमाटर, खुर्सानी, अदुवा, उखु खुदो, मकै विउ आदि छन् र पशुपालन अन्तर्गत उत्पादित दुध पोखरा निकासी हुँदै आएको छ।
गुल्मीका प्रमुख नदीनालाहरुमा, कालीगण्डकी, बडीगार्ड, निस्ती, छल्दीपनाहा, हुग्दीखोला, अल्छी खोला, नादी खोला, उल्ली खोला, सहदे खोला, भार्से खोला, दहरे खोला, टौदी खोला, चेघा खोला, लुम्दी खोला, राव खोला, जलुकी खोला लगायत रहेका छन्।
ल जिल्लावासीको औषत आयु ६८ वर्ष रहेको छ ।
१२. गैरसरकारी संस्था विवरण
जिल्लामा सामाजिक विकासका विभिन्न गतिविधी सञ्चालन गर्न जिल्लाभित्रै दर्ताभएका र अन्य जिल्लामा दर्ता भई यस जिल्लालाई कार्यक्षेत्र बनाएका राष्ट्रिय र अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाहरू क्रियाशिल छन् । आ.व. ०७०÷७१ मा नयाँ दर्ता भएका गैरसरकारी संस्थाहरू ३१ छन भने नवीकरण भएका १६८ रहेका छन् । गैर सरकारी संस्था महासंघ, जिल्ला कार्य समिति, गुल्मीमा २६ वटा गैससहरू आवद्ध भई कार्यक्रम संचालन गरिरहेका छन् । साथै जिल्ला विकास समितिमा ल्न्इ म्भकप गठन भई कार्यक्रमलाई समन्वयात्मक रुपमा अगाडी बढाइएको छ ।
१३. सञ्चार सेवाको अवस्था
सञ्चारका विभिन्न माध्यमहरूमध्ये पत्रपत्रिका तथा रेडियो सर्वसाधारणका लागि सर्वसुलभ र प्रभावकारी मानिन्छन् । जिल्ला भित्र साप्ताहिक रुपमा गन्तव्य मार्ग नामको पत्रिका प्रकाशन भैरहेको छ । यस वाहेक सदरमुकाम तम्घासमा रेडियो रेसुङ्गा एफ.एम., गुल्मी एफ.एम., सामुदायिक रेडियो स्काई, श्रृङ्गामा रुरु एफ.एम., पुष्पाञ्जली एफ.एम., वामी र रेडियो वलेटक्सार संचालनमा छन् । जसका कारण जिल्लावासीहरूले स्थानीय तथा राष्ट्रिय खोजखबरका साथै सार्वजनिक सरोकारका विषय तथा सवालहरू समयमै सुन्न र जान्न पाउ“छन् । यस जिल्लामा अन्य संचारको सेवा यस प्रकार रहेको छ ।
हुलाक कार्यालय संख्या— ७६ (जिल्ला —१, इलाका—१४, अतिरिक्त—६१), टेलिसेन्टर सेवा – ९ वटा
एफ.एम. संख्या— ६, केबुल नेटवर्क— ८, टेलिफोन सेवा पुगेका गा.वि.स. :- ७५
साधारण लाईन (PSTN) वितरण :— १२१४, मोवाईल (GSM) ग्राहक संख्या :— ८२३१८
मोवाईल (CDMA) ग्राहक संख्या :— २२२६४, सि.डि.एम.ए. सेट ग्राहक संख्या ः— १३४७
ADSL ग्राहक संख्याः— ३०० , Wi-Max— १८५
(श्रोत :- जिल्ला प्रशासन कार्यालय, जिल्ला हुलाक कार्यालय, जि.स .स.को कार्यालय, जिल्ला शिक्षा कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, नेपाल टेलिकम, गुल्मी)