भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीको आयोजनामा र जिल्ला समन्वय समिति गुल्मीको समन्वयमा स्थानीय तहसङ्ग योजना तर्जुमा प्रगति समिक्षा बैठक सम्पन्न । आशा अपाङ्ग केन्द्र गुल्मीको आयोजना र जिल्ला समन्वय समिति गुल्मीको समन्वयमा महिला, सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेश अन्तर्गतको सि.वि.आर. कार्यक्रम २०७९/०८० को अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न । शिक्षा विकास तथा समन्वय इकाइ तम्घास गुल्मीको आयोजनामा बिद्यालय तहको गणित विषयको सिकाइ उपलब्धि न्यून हुनाका कारण र समाधानको खोजी सम्बन्धि जिल्लास्तरीय माध्यमिक तहका प्रधानाध्यापकहरुको गोष्ठी सम्पन्न। सूचना ! सूचना !! सूचना !!! गुल्मी जिल्लाका बिकास निर्माणसंग सम्बन्धित कार्यालयहरुको आ.व. २०७९/०८० को दोस्रो चौमासिक सम्मको प्रगति समिक्षा कार्यक्रम सम्पन्न । असंरक्षित / सडक बालबालिकाहरुको ब्यबस्थापन सम्बन्धी बैठक सम्पन्न । १२ वटा स्थानिय तहहरुमा स्थानीय तहको वित्तीय सुशासन जोखिम मुल्यांकन (FRA ) सम्बन्धि एक दिने अभिमुखिकरण तालिम सम्पन्न । स्थानीय तहहरुमा ठूला आयोजनाहरुको छनौट र सुचिकृत गर्ने सम्बन्धी कार्यशाला गोष्ठी तम्घास स्थित समन्वय समितिको सभा हलमा सम्पन्न । आ.व २०७८।०७९ को वार्षिक प्रगति समीक्षा तथा आ.व २०७९।०८० को कार्यक्रम सार्वजनिकीकरण सम्पन्न कानूनहरुको हार्डकपी तथा सफ्टकपी उपलव्ध गराइदिने सम्वन्धमा (स्थानीय तह सबै, गुल्मी) ।

इस्मा गाउँपालिका गुल्मी

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था रहेको दक्षिण एसियाली भूपरिवेष्ठीत प्राकृतिक, सांस्कृतिक, जातीय, धार्मिक एवम राजनैतिक विविधता विचको एकता भएको सुन्दर देश नेपालको लुम्विनी प्रदेश अन्तरगत गुल्मी जिल्लाको उत्तर पश्चिम क्षेत्रमा अवस्थित इस्मा गाउँपालिका ऐतिहासिक पृष्ठमूमिबाट नामकरण भएको क्षेत्र हो । बाईसे चौबिसे राज्यहरु अन्तरगत इस्मा प्रारम्भमा ७०० कुरिया र २४ मौजाले बनेको थियो । शुरुवाती समयमा यस राज्यमा अर्याल जातिको शासन रहेको थियो भने गोरखा राज्यमा विलय हुनुपूर्व ठकुरी जातिको शासन रहेको इतिहासमा पाउन सकिन्छ । वि.सं. १८७२ साल असोज ४ गते इस्मा राज्य गोरखा राज्यमा विलय भएको थियो ।
वि.सं. २०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधानले व्यवस्था गरेको स्थानीय सरकारको अवधारणा बमोजिम ७५३ स्थानीय तहमध्ये इस्मा गाउँपालिका पनि एक हो । यस गाउँपालिकाको पूर्वमा मुसिकोट र रेसुङ्गा नगरपालिका, दक्षिणमा धुर्कोट गाउँपालिका, पश्चिममा धुर्कोट र मालिका गाउँपालिका र उत्तरमा मुसिकोट नगरपालिका रहेका छन् । यस गाउँपालिकामा ६ वटा वडाहरु रहेका छन् । जसमा साबिकको हस्तिचौर गा.वि.स. लाई २ वटा वडा १ र २ मा विभाजन गरिएको छ भने दर्लामचौर, दोहोली, इस्मा रजस्थल, अमरपुर गा.वि.स. हरुलाई क्रमश ३, ४, ५, ६ वडाहरुमा विभाजन गरिएको छ । वडा नं. १ को हर्पुकोट र वडा नं. २ को छल्दीटाँरीमा वडा कार्यालय रहेको छ ।
यस गाउँपालिकाको कुल क्षेत्रफल ८१.८८ वर्ग कि.मी. रहेको छ भने यहाँको जनसंख्या महिला १२०५६ र पुरुष ८९०८ गरि जम्मा २०९६४ (श्रोत के.त.वि.) रहेको छ । यसको औषत उचाई समुन्द्री सतहवाट १५०० मी. रहेको छ । साविक इस्मा रजस्थल गा.वि.स.को कार्यालय रहेको स्थानमा अस्थायी कार्यालय स्थापना गरी दैनिक सेवा-प्रवाह गरिरहेको छ ।

यहाँका मूख्य स्थानहरुमा इस्मा कोट, इस्मा मैदान, दोहलि, नयापोखरा, रामकोट, ठाड्ढुङ्गा, हस्तिचौर, रातडाँडा, छल्दि पनाह, छिनुवा, हुलाके, बुल्म, अमरपुर, चाँपटारी, दोवाट रहेका छन । यस गाउँपालिकामा मा.बि. ७ वटा, आधारभुत विद्यालय १७ वटा गरि निजि तथा समुदाईक गरि कुलजम्मा ४६ वटा शैक्षिक संस्थाहरु रहेका छन भने ५ वटा स्वास्थ्य चौकि, १ वटा आधारभुत स्वास्थ्य इकाई र १ वटा सामुदाईक स्वास्थ्य संस्था रहेका छन् ।

Skip to toolbar