भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीको आयोजनामा र जिल्ला समन्वय समिति गुल्मीको समन्वयमा स्थानीय तहसङ्ग योजना तर्जुमा प्रगति समिक्षा बैठक सम्पन्न । आशा अपाङ्ग केन्द्र गुल्मीको आयोजना र जिल्ला समन्वय समिति गुल्मीको समन्वयमा महिला, सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेश अन्तर्गतको सि.वि.आर. कार्यक्रम २०७९/०८० को अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न । शिक्षा विकास तथा समन्वय इकाइ तम्घास गुल्मीको आयोजनामा बिद्यालय तहको गणित विषयको सिकाइ उपलब्धि न्यून हुनाका कारण र समाधानको खोजी सम्बन्धि जिल्लास्तरीय माध्यमिक तहका प्रधानाध्यापकहरुको गोष्ठी सम्पन्न। सूचना ! सूचना !! सूचना !!! गुल्मी जिल्लाका बिकास निर्माणसंग सम्बन्धित कार्यालयहरुको आ.व. २०७९/०८० को दोस्रो चौमासिक सम्मको प्रगति समिक्षा कार्यक्रम सम्पन्न । असंरक्षित / सडक बालबालिकाहरुको ब्यबस्थापन सम्बन्धी बैठक सम्पन्न । १२ वटा स्थानिय तहहरुमा स्थानीय तहको वित्तीय सुशासन जोखिम मुल्यांकन (FRA ) सम्बन्धि एक दिने अभिमुखिकरण तालिम सम्पन्न । स्थानीय तहहरुमा ठूला आयोजनाहरुको छनौट र सुचिकृत गर्ने सम्बन्धी कार्यशाला गोष्ठी तम्घास स्थित समन्वय समितिको सभा हलमा सम्पन्न । आ.व २०७८।०७९ को वार्षिक प्रगति समीक्षा तथा आ.व २०७९।०८० को कार्यक्रम सार्वजनिकीकरण सम्पन्न कानूनहरुको हार्डकपी तथा सफ्टकपी उपलव्ध गराइदिने सम्वन्धमा (स्थानीय तह सबै, गुल्मी) ।

 चन्द्रकोट गाउँपालिका गुल्मी

चन्द्रकोट गाउँपालिकाको भौगोलीक अवस्थालाई नियाल्दा यो २८°०६’३६.४” उत्तरी अक्षाश र ८३°२४’५१.३” पूर्वी देशान्तरमा पर्दछ। गुल्मी जिल्लामा अवस्थित यस गाउँपालिकाको पूर्वमा गुल्मी जिल्लाकै कालीगण्डकी गाउँपालिका, पश्चिममा मुसिकोट नगरपालिका र गुल्मीदरवार गाउँपालिका, उत्तरमा बागलुङ जिल्लाको वरेङ्ग गाउँपालिका र गल्कोट नगरपालिका र दक्षिणमा गुल्मी जिल्लाकै सत्यवती गाउँपालिका र छत्रकोट गाउँपालिका रहेको छ । यस गाउँपालिकाको क्षेत्रफल १०५.७३ वर्ग कि.मि. रहेको छ । २०६८ को जनगणना अनुसार चन्द्रकोट गाउँपालिकाको कुल जनसंख्या २१८२७ रहेको छ । नेपाल सरकारको मिति २०७३ फागुन २७ मा प्रकाशित राजपत्र अनुसार साविक दिव्रुङ्ग, बिशुखर्क, हराचौर, शान्तिपुर, ग्वाघा, हरेवा, रूपाकोट र तुराङ्ग गा.वि.स. गरि ८ वटा गा.वि.स. मिलि बनेको यस गाउँपालिकालाई ८ वटा वडामा विभाजन गरिएको छ। चन्द्रकोट गाउँपालिकाको कार्यालय साविक शान्तिपुर गा.वि.स. हाल चन्द्रकोट-४ शान्तिपुर स्थित चन्द्रकोट क्याम्पसको भवनमा अवस्थित रहेको छ  ।

प्रशिद्ध चन्द्रकोट मन्दिर , दिव्रुङ्ग मन्दिर, चक्रेश्वर मन्दिर,सिद्दबाबा मन्दिर जस्ता  ऐतिहासिक एवम धार्मिक पहिचान बोकेको स्थलहरु तथा टिमुरे ताल, दह ताल, अर्जेवाको प्राकृतिक झरना, पाटेचौर बनभोज स्थल, रुमाले डाँडा बनभोज स्थल, साथै थुप्रै नदीनाला, वनजंगल, प्राकृतिक सम्पदा, हुग्दी खोला हाइड्रोपावर विकासका परियोजना जस्ता सौन्दर्यले भरपूर, पर्यटकीय विकासको अथाहा सम्भावना रहेको छ । यस गाउँपालिकाको नामकरण प्रशिद्ध ऐतिहासिक स्थल चन्द्रकोट मन्दिरको  नामबाट गरिएको हो । यस गाउँपालिकामा मुख्यतया ब्राहम्ण, क्षेत्री, मगर, नेवार, गुरुङ, विश्वकर्मा, मुस्लिमहरुको र  कुमाल जात जातीहरुको बसोवास रहेको छ । यहाँ बसोबास गर्ने समुदायको मुख्य आम्दानीको स्रोतहरु कृषि, पशुपालन, बैदेसिक रोजगार र व्यापार रहेको पाईन्छ ।

Skip to toolbar