भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीको आयोजनामा र जिल्ला समन्वय समिति गुल्मीको समन्वयमा स्थानीय तहसङ्ग योजना तर्जुमा प्रगति समिक्षा बैठक सम्पन्न । आशा अपाङ्ग केन्द्र गुल्मीको आयोजना र जिल्ला समन्वय समिति गुल्मीको समन्वयमा महिला, सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेश अन्तर्गतको सि.वि.आर. कार्यक्रम २०७९/०८० को अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न । शिक्षा विकास तथा समन्वय इकाइ तम्घास गुल्मीको आयोजनामा बिद्यालय तहको गणित विषयको सिकाइ उपलब्धि न्यून हुनाका कारण र समाधानको खोजी सम्बन्धि जिल्लास्तरीय माध्यमिक तहका प्रधानाध्यापकहरुको गोष्ठी सम्पन्न। सूचना ! सूचना !! सूचना !!! गुल्मी जिल्लाका बिकास निर्माणसंग सम्बन्धित कार्यालयहरुको आ.व. २०७९/०८० को दोस्रो चौमासिक सम्मको प्रगति समिक्षा कार्यक्रम सम्पन्न । असंरक्षित / सडक बालबालिकाहरुको ब्यबस्थापन सम्बन्धी बैठक सम्पन्न । १२ वटा स्थानिय तहहरुमा स्थानीय तहको वित्तीय सुशासन जोखिम मुल्यांकन (FRA ) सम्बन्धि एक दिने अभिमुखिकरण तालिम सम्पन्न । स्थानीय तहहरुमा ठूला आयोजनाहरुको छनौट र सुचिकृत गर्ने सम्बन्धी कार्यशाला गोष्ठी तम्घास स्थित समन्वय समितिको सभा हलमा सम्पन्न । आ.व २०७८।०७९ को वार्षिक प्रगति समीक्षा तथा आ.व २०७९।०८० को कार्यक्रम सार्वजनिकीकरण सम्पन्न कानूनहरुको हार्डकपी तथा सफ्टकपी उपलव्ध गराइदिने सम्वन्धमा (स्थानीय तह सबै, गुल्मी) ।

छत्रकोट गाउँपालिका

नेपालको संविधान २०७२ को धारा १९५ उपधारा ३ मा भएको व्यवस्था अनुरुप गुल्मी जिल्लामा रहेका १२ वटा स्थानीय तहमध्ये छत्रकोट गाउँपालिका एउटा स्थानीय सरकारको रुपमा परिचित छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक, महत्व बोकेको छत्रकोट गाउँपालिका ऋष्यशृङ्ग्य ऋषिले तपस्या गरेको रेसुङ्गा र शृङ्गी ऋषिले तपस्या गरेको शृङ्गा लेकको बीचमा पर्ने छत्रदेव मन्दिरको पावन भूमिमा अवस्थित छ । साविकका गा.वि.स.हरु हुँगा, पल्लिकोट, हर्दिनेटा, दिगाम, खर्ज्याङ र दौंघा गरी ६ वटा वार्ड सेवाक्षेत्र रहेको यो गाउँपालिकाको नामकरण वार्ड नं ३ मा अवस्थित चोयगाको थुम्कोमा रहेको छत्रकोट देवालयको नामबाट रहेको हो ।

       छत्रकोटको बारेमा सोध-खोज गर्दा महाभारतको कौरव-पाण्डव युद्धसित गाँसिएको एउटा रोचक प्रसङ्ग रहेछः जस अनुसार कौरव पाण्डवको युद्ध समाप्त भएपछि युद्धको समीक्षा गर्ने क्रममा पाण्डव पक्षका भीम र अर्जुनले आफ्नो युद्ध कौशलता र पराक्रमका कारण यो जित सम्भव भएको भनी अभिमानयुक्त अभिव्यक्ति दिएपछि भगवान श्रीकृष्णले महाभारतको पूरै युद्ध उलुक वाखरिक राज्यका राजाको उच्छेदित शिरले अन्तरदृष्टिबाट सबै देखेको र यसमा कसको कस्तो भूमिका रह्यो भन्ने बारेमा उनैबाट सुन्न आग्रह गरेपछि श्रीकृष्ण सहित पाण्डवहरु उक्त राजा सामु पुगेछन् । वाखरिक राजाले युद्धमा विजय हासिल गर्नुमा प्रत्यक्ष अप्रत्यक्ष दुवै रुपले श्रीकृष्णको भूमिका रहेको बताएपछि भीम र अर्जुन आफ्नो अहङ्कारका कारण लज्जित भएको प्रसङ्ग छ । महाभारत युद्धको सत्य तथ्य वर्णन गरेको सुनेपछि भगवान श्रीकृष्णले तपाई के चाहानुहुन्छ र कहाँ बस्न चाहानुहुन्छ ? भन्दा वाखरिक राजाको शिरले उच्च शिखर उलुक नगरीमा वस्ने इच्छा जाहेर गरेपछि तथास्तु भनी वरदान दिएछन् र तिम्रो भक्ति र श्रद्धा गर्ने सबै श्रद्धालु भक्तजनले पीडा दुःख संकटबाट मुक्ति पाउनुका साथै सुख, शान्ति र समृद्धि प्राप्त गर्नेछन् भन्ने आशिर्वाद दिएछन् । राजाले पनि श्रीकृष्णको प्रसस्त स्तुतिगान गरेछन् र श्रीकृष्णको निर्देशनअनुसार वाखरिक राजाको शिरलाई अग्लो बाँसको लिङ्गोमा राखी कुरुक्षेत्रबाट उत्तरतर्फ शिरलाई छाता ओढाई ल्याइएको प्रसङ्ग उल्लेख छ । साथै यसरी यात्रा गर्दै आउने क्रममा अर्घाखाँचीको उलुक भन्ने ठाउँमा उक्त शिरले त्यही बस्ने इच्छा जाहेर गरेकाले उक्त स्थानमा शिखर शैलीको मन्दिर निर्माण गरी मन्दिरभित्र तामाका फाँक (ठूलो आकारको मुख भएको भाडो) मा शिरलाई स्थापित गरी पूजा गर्ने परम्पराको थालनी भएछ । हालसम्म पनि पूजारीहरु आँखामा कपडाको पट्टी बाँधेर सो फाँकको सर- सफाइ गर्ने प्रचलन छ भनी “छत्र महाराज एक परिचय” शीर्षकमा अर्घाखाँची निवासी ताराप्रसाद न्यौपानेले उल्लेख गरेका छन् ।

       पछि यही छत्रकोट गा.पा को बुकेनी भन्ने ठाउँका धनिश्वर पोख्रेललाई देवता उत्रिएछन् । उनी हल्लिदै गएर अर्घाखाँचीको माथि उल्लेखित उल्का भन्ने ठाउँमा पुगेछन् र त्यहाँ एउटा पत्थर देवता समाउन पुगेछन् । तिमी मेरो भक्त हुनु भनी दीक्षा पाएका उनी एउटा सानो खुँडा समाएर हल्लिदै चोयगामै फर्किएछन् त्यही चोयगाको थुम्कोमा चौतारीको बुट्यानमुनि उक्त शिला र खुँडा राखेर भोकै पूजा गर्ने परम्पराको थालनी भएछ । सो पत्थरलाई उक्त कथन अनुसार छत्रको रुप मानिएको र मन्दिरयुक्त थुम्कोलाई कोट भनिने पम्परा अनुसार छत्र  + कोट = छत्रकोट नामकरण भएको हो भने रुरु गापा वार्ड नं. ४ धर्मपोखरा निवासी शोभाकान्त उपाध्यायको कथन छ  ।

      छत्रकोट गा.पा अन्तर्गत रहेका ६ वटै वार्डका आ-आफ्नै ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक विशेषता रहेका छन्: छत्रकोट देवालय, हुँगाको देउती दुर्गा शिवालय मन्दिर, पल्लिकोटको कोटडाँडा छत्रकोट गा.पा कै अग्लो स्थान, दिगामको कालिका मन्दिर, खर्ज्याङको मान्यकोट (मानकोट), मनभाक पौवा, हर्दिनेटाको भगवती मन्दिर, भालुपानी र धरमपानीको रानीपोखरी, दौंघाको काहुले गढी, वराह मन्दिर, ठूलो पोखरा, आलम मन्दिर आदि ऐतिहासिक धार्मिक धरोहरहरु हुन् । छत्रकोट गा.पा को वार्ड नं. ४ श्रृङ्गामा रहेको विशाल पोखरी (९ लाख लि. क्षमताको) एसियाकै वर्षातको पानी जम्मा गर्ने ठूला टङ्की मध्यको एक हो । पर्यटकीय आकर्षणको छत्रकोट सेरोफेरो, दिगामको घलाम मौलोपोखरा क्षेत्र, दौंघाका २ ठूला पोखरीहरु, हुँगा, पल्लीकोट हर्दिनेटा, खर्ज्याङमा रहेका रमणीय स्थानहरु रहेका छन् ।

      यो गा.पा अन्तर्गतका सम्पदाहरुको गहनतम अध्ययन, अनुसन्धान गर्न सकियो र आवश्यकता अनुसार संरक्षण सम्बर्धन गर्न सकिएमा यी सबै स्थान पर्यटकीय गन्तव्यको रुपमा विकसित हुन सक्ने देखिन्छ ।

      छत्रकोट गाउँपालिका विविध जात-जातीहरुहरुको बसोवास रहेको बहुधार्मिक, बहुसांस्कृतिक सम्पदा बोकेको रमणीय भूभाग हो । यहाँ बाहुन, क्षेत्री, मगर, नेवार एवं विविध थर सहितका दलित समूदायका साथै अल्पसंख्यक जातजाति अन्तर्गत कुमाल, बोटे, माझी, मुस्लिम आदिको बसोवास रहेको छ ।

       यस छत्रकोट गाउँपालिकामा ४२ वटा सामूदायिक विद्यालय र ७ वटा संस्थागत विद्यालयहरु गरी ४९ वटा विद्यालयहरु रहेका छन् । ८ वटा सामूदायिक र एउटा संस्थागत गरी ९ वटा माध्यमिक विद्यालय र बाँकी रहेका ४० वटा विद्यालयहरु आधारभूत तहका छन् । यहाँ गत आ.व मा गा.पा बाट १२ वटा कोटा वितरण गरेपछि विद्यालयमा आधारित ३९ र समूदायमा आधारित दुई गरी जम्मा ४१ वटा बालविकास केन्द्र रहेका छन् । साथै ४ वटा सामूदायिक सिकाइ केन्द्रले समेत शैक्षिक सेवा प्रवाह गरिरहेका छन् । एक प्रा.स्वा. केन्द्र सहित सबै वडामा स्वास्थ्य चौकीहरु छन् ।

अवस्थितिः यस गाउँपालिकाको पूर्वमा रुरु गाउँपालिका, पश्चिममा गुल्मी दरवार गाउँपालिका, उत्तरमा सत्यवती गाउँपालिका र चन्द्रकोट गाउँपालिका तथा दक्षिणमा अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका, पाल्पा जिल्लाको रैनादेवी गाउँपालिका पर्दछ । ८७.१ वर्ग कि.मी.   क्षेत्रफलमा रहेको यो गाउँपालिकाको जनसंख्या २१४८१ (२०६८ को जनगणना अनुसार) छ । खर्ज्याङको मनभाक ५७९ मी. देखि पल्लिकोट को कोटडाँडा १६७६ मी. सम्मको उचाइमा रहेको यो गाउँपालिकाको कार्यालय १५५५ मी. उचाइमा २८.००६५ डिग्री उत्तरी अक्षांश र ८३.३४६०३ डिग्री पूर्वी देशान्तरमा अवस्थित छ ।

Skip to toolbar