भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीको आयोजनामा र जिल्ला समन्वय समिति गुल्मीको समन्वयमा स्थानीय तहसङ्ग योजना तर्जुमा प्रगति समिक्षा बैठक सम्पन्न । आशा अपाङ्ग केन्द्र गुल्मीको आयोजना र जिल्ला समन्वय समिति गुल्मीको समन्वयमा महिला, सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेश अन्तर्गतको सि.वि.आर. कार्यक्रम २०७९/०८० को अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न । शिक्षा विकास तथा समन्वय इकाइ तम्घास गुल्मीको आयोजनामा बिद्यालय तहको गणित विषयको सिकाइ उपलब्धि न्यून हुनाका कारण र समाधानको खोजी सम्बन्धि जिल्लास्तरीय माध्यमिक तहका प्रधानाध्यापकहरुको गोष्ठी सम्पन्न। सूचना ! सूचना !! सूचना !!! गुल्मी जिल्लाका बिकास निर्माणसंग सम्बन्धित कार्यालयहरुको आ.व. २०७९/०८० को दोस्रो चौमासिक सम्मको प्रगति समिक्षा कार्यक्रम सम्पन्न । असंरक्षित / सडक बालबालिकाहरुको ब्यबस्थापन सम्बन्धी बैठक सम्पन्न । १२ वटा स्थानिय तहहरुमा स्थानीय तहको वित्तीय सुशासन जोखिम मुल्यांकन (FRA ) सम्बन्धि एक दिने अभिमुखिकरण तालिम सम्पन्न । स्थानीय तहहरुमा ठूला आयोजनाहरुको छनौट र सुचिकृत गर्ने सम्बन्धी कार्यशाला गोष्ठी तम्घास स्थित समन्वय समितिको सभा हलमा सम्पन्न । आ.व २०७८।०७९ को वार्षिक प्रगति समीक्षा तथा आ.व २०७९।०८० को कार्यक्रम सार्वजनिकीकरण सम्पन्न कानूनहरुको हार्डकपी तथा सफ्टकपी उपलव्ध गराइदिने सम्वन्धमा (स्थानीय तह सबै, गुल्मी) ।

मुसिकाेट नगरपालिका गुल्मी

मुसिकाेट नगरपालिका नेपालको लुम्बिनी प्रदेश  अन्तर्गत गुल्मी जिल्लामा रहेको छ | मुसिकाेट नगरपालिकाको स्थापना नेपालको संविधानको धारा २९५ को उपधारा (३) बमोजिम गठित गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा  स्वायत्त  क्षेत्रको संख्या तथा सीमाना  निर्धारण आयोगले मिति २०७३/०९/२२ मा पेश गरेको प्रतिवेदन र नेपाल सरकारको मिति २०७३/१०/२२ को निर्णयअनुसार माननीय संघिय मामिला तथा स्थानीय विकास मन्त्रीको संयोजकत्वमा गठित  समितिले मिति २०७३/११/२० मा पेश गरेको प्रतिवेदनको आधारमा नेपाल सरकारले मिति २०७३/११/२२ मा साविकका पाैदिअमराइ,मुसिकाेट,बडागाउँ,आँपचाैर,कुर्घा,वामी,अर्लाङ्गकाेट गरि ७ वटा गा.वि.स. र नेटा गा. वि. स का १, २,३ र ४ वडा  समावेश गरी  भएको हो | याे नगरपालिका गुल्मी जिल्लाका १२ स्थानिय तहमध्ये सबैभन्दा धेरै जनसंख्या भएकाे नगरपालिका हाे ।यस नगरपालिकामा पवित्र मालिका मन्दिर,पर्यटकिय शिखरमा अवस्थित सालिमेधाम,एेतिहासिक मुसिकाेट दरबार,नेपालमा कफि खेतिकाे जननी आँपचाैर जस्ता राष्टिय गाैरवका ठाउँहरू रहेका छन् ।

   मध्येपहाडी लाेकमार्गकाे समीपमा कुल ११४.७४ वर्ग  कि.मी. क्षेत्रफलमा फैलिएकाे छ ।९ वटा वडाहरूमा  विभाजित यस नगरपालिकाकाे कूल जनसंख्या २०६८ काे जनगणना अनुसार ३२८०२ रहेकाे छ ।यसकाे सिमाना पूर्वमा चन्द्रकाेट गाउँपालिका,पश्चिममा इस्मा गाउँपालिका,उत्तरमा बाग्लुङ्ग जिल्ला र दक्षिणमा रेसुङ्गा नगरपालिका रहेका छन् ।

नगरपालिकाको भाैगाेलिक अवस्था, सिमाना र क्षेत्रफल

क)अक्षांश :– २८⁰ ०७’ देखि २८⁰ २१’ सम्म उत्तरी अक्षांश

ख)देशान्तर :– ८३⁰ ११’ देखि ८३⁰ २४’ सम्म पूर्वी देशान्तर

ग)क्षेत्रफल :– ११४.७४ वर्ग कि. मि.

घ)उचाइ :– समुन्द्र सतह देखी (ढाेडेनी बगर ७५० मि. देखी सालिमेदह २४०० मि.सम्म) रहेको छ ।

ङ)सिमाना :– पूर्व – चन्द्रकाेट गाउँपालिका, पश्चिम – इश्मा र मालिका गाउँपालिका,    उत्तर – बाग्लुङ्ग जिल्लाको बडिगाड गाउँपालिका र गलकाेट नगरपालिका,   दक्षिण – रेगुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिका रहेका छन् ।  

 

Skip to toolbar