मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय लुम्बिनी प्रदेशको आयोजना र जिल्ला समन्वय समिति गुल्मीको समन्वयमा “मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम” सम्बन्धी अन्तर्कृया तथा छलफल सम्पन्न । जिल्ला समन्वय समिति गुल्मी द्वारा सातौँ जिल्ला सभा तथा आ• व• २०७९/०८० को वार्षिक प्रगति समिक्षा बैठक सम्पन्न । स्वास्थ्य कार्यालय गुल्मीको आयोजनामा आ.व. २०७९/८० मा सम्पादित कार्यक्रमहरुको जिल्ला स्तरीय वार्षिक समिक्षा गोष्ठी पल्लिकोट स्वास्थ्य चौकीको सभाहल छत्रकोट गाउँपालिकामामा सम्पन्न । जिल्ला समन्वय समिति गुल्मीको आयोजनामा गुल्मी जिल्लाका विकास निर्माणसंग सम्बन्धित कार्यालयहरू र स्थानीय तहहरूको २०७९/०८० को वार्षिक प्रगति समिक्षा बैठक तथा आ.व. २०८०/०८१ को बजेट तथा कार्यक्रमको जानकारी मितिः २०८० श्रावण २९ र ३० गते सन्चालन भैरहेको कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा आज सम्पन्न । गुल्मी जिल्लाका विकास निर्माणसंग सम्बन्धित कार्यालयहरू र स्थानीय तहहरूको २०७९/०८० को वार्षिक प्रगति समिक्षा बैठक तथा आ.व. २०८०/०८१ को बजेट तथा कार्यक्रमको जानकारी मितिः २०८० श्रावण २९ र ३० गते जिल्ला समन्वय समितिको सभाहलमा संचालन । मालिका गाउँ पालिका गुल्मी र कृषि ज्ञान केन्द्र गुल्मीको आयोजना र जिल्ला समन्वय समिति गुल्मीको समन्वयमा स्थानीय पहिचानसंग जोडिएको मालिकाको रैथाने आलुको “ब्रान्ड लेबल र प्याकेज” सार्वजनिक तथा आयातित संस्कार र परिकारको सट्टा रैथाने आलुको अर्गानिक परिकार प्रदर्शन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को्को कार्यालय राप्ती उपत्यका (देउखुरी ) ,नेपालको आयोजनामा अन्तर्कृया सम्पन्न। १६ औँ गणतन्त्र दिवसको अवसरमा गणतन्त्र दिवस जिल्ला समारोह समिति गुल्मी द्वारा बिबिध कार्यक्रम गरि मनाइयो । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीको आयोजनामा र जिल्ला समन्वय समिति गुल्मीको समन्वयमा स्थानीय तहसङ्ग योजना तर्जुमा प्रगति समिक्षा बैठक सम्पन्न । आशा अपाङ्ग केन्द्र गुल्मीको आयोजना र जिल्ला समन्वय समिति गुल्मीको समन्वयमा महिला, सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेश अन्तर्गतको सि.वि.आर. कार्यक्रम २०७९/०८० को अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न ।

रुरुक्षेत्र गाउँपालिका,गुल्मी

गुल्मी जिल्लाको पूर्वी भेगमा पवित्र कालिगण्डकीको तटीय क्षेत्रमा रुरुक्षेत्र  गाउँपालिका अवस्थित छ | हाम्रो देशको २०७२ असौज  ३ को संघिय संबिधान अनुसार २०७३ फाल्गुन २७ मा स्थानिय तहको रुपमा रुरुक्षेत्र  गाउँपालिकाको घोषणा भएको हो | संघिय संरचना अघि यस क्षेत्रमा रुरु ,थानपति ,ग्वादी ,बलेटक्सार ,बम्घा र रिमुवा गरि ६ वटा गा.वि.स . हरु रहेका थिए | उक्त ६ वटा गा.वि.स. हरुको मिलन भै रुरुक्षेत्र गाउँपालिकाको जन्म भएको हो | नेपालका प्रशिद्ध चार धाम मुक्तिक्षेत्र ,रुरु क्षेत्र ,पशुपति क्षेत्र र वराह क्षेत्र मध्येको रुरु क्षेत्रधाम यसै गाउँपालिकामा  रहेको र त्यसैको नामबाट हाम्रो यस गाउँपालिकाको नामाकरण भएको छ |

                                  २०७४ साल अषाढ १४ मा सम्पन्न भएको स्थानिय तहको पहिलो निर्वाचन मार्फत अध्यक्ष श्री निलकण्ठ गौतम ,उपाध्यक्ष श्री लक्ष्मीदेवी पन्थ तथा वडाध्यक्षहरुमा श्री रामलाल वि.क. -१ ,श्री घनश्याम अर्याल -२ ,श्री शेषनारायण पौडेल -३ ,श्री फर्सुराम ज्ञवाली -४ ,श्री हरि प्रसाद ज्ञवाली -५ ,श्री पूर्ण बहादुर रेगामी -६ ,निर्वाचित भै यस गाउँपालिका र त्यस अन्तर्गतका वडाहरुको नेतृत्व संहाल्नु भएको छ | गाउँपालिकामा १४ सदस्यीय कार्यपालिका र ३२ सदस्यीय गाउँ सभा रहेको छ |

                    यो गाउँपालिका २७0 ५९’ ३२.९३” डिग्री अक्षान्स तथा ८३0 २३’ १३.६४ ” डिग्री देशान्तर मा रहेको छ |यसको सबैभन्दा होंचो भाग रिडीबजार समुद्र सतह देखि ५०० मिटर र सबैभन्दा अग्लो भाग बम्घा कोट १६३८  मिटर उचाइमा रहेकाछन् |जम्मा क्षेत्रफल ६७.३७ वर्ग कि.मी. भएको यो गाउँपालिका गुल्मी जिल्लाका १२ वटा स्थानिय तह मध्य क्षेत्रफलको हिसाबले सबैभन्दा सानो गाउँपालिका अन्तर्गत पर्दछ | ६ वटा वडामा विभाजित यो गाउँपालिकाको केन्द्र घ्युबेसी कायम भएको र उक्त स्थानमा भौतिक संरचना निर्माण नभैसकेकोले हाल बलेटक्सारबाट यस्को कार्य सम्पादन भैरहेको छ |

यस गाउँपालिकाको धेरै जसो भाग भिराला पहाडहरुबाट बनेको भए पनि ग्वादीको वोहा ,वेलचौर तथा याडुंग ,रिडीको बिरुवा  ,बम्घा  तथा रिमुवामा समथरको साथै नदी किनाराहरुमा उत्पादनशील जग्गाहरु रहेका छन् | यस गाउँपालिकाको पूर्वमा कालिगण्डकी ,उत्तरमा रुद्रावती नदी ,दक्षिण तर्फ रिडी खोला पर्दछ | यसरी तीन तिरबाट ठुला नदि तथा खोलाहरुले सिमाना निर्धारण गरेका छन् भने पश्चिम तर्फ छत्रकोट गाउँपालिका पर्दछ | साथै साना खोलाहरुमा तालखोला ,जौखोला ,ठाडोखोला ,उल्लिखोला र काहुले खोलाले सिंचाईको साथै खानेपानीको लागी समेत सहयोग पु¥याईरहेका छन् |

                         रिडी देखि धरमपोखरा सम्म १७ कि.मी. पक्की मोटरबाटो रहेको छ | रिडी देखि रुद्रबेनी र रिडी देखि सातमुरे खण्डको मोटरबाटो पक्की हुने अवस्थामा रहेको छ |गाउँपालिकाका  सबै ठाउँ र वस्तीहरु कच्ची मोटर बाटोले जोडिएका छन् | लामो दुरीका कच्ची मोटरबाटा तथा रिंग रोडहरु स्तर विकासको क्रममा रहेका छन् |रुरु क्षेत्र ३ वटा  जिल्लाको संगम स्थलको रुपमा रहेको छ |

    यो गाउँपालिका धेरै पहिले देखि नै राजनितिक ,सामाजिक र शैक्षिक क्षेत्रमा अगाडि रहेको देखिन्छ |राणा विरोधि “जयतु संस्कृतम्” आन्दोलन देखि निरकुंश निर्दलीय पंचायत विरोधि २०४६ सालको जनआन्दोलन तथा २०६२/०६३ को गणतन्तत्रात्मक आन्दोलनमा  समेत यस क्षेत्रको महत्वपूर्ण सहभागिता भएको पाइन्छ |पंचायती कालको राष्ट्रिय पंचायत  देखि बहुदलीय व्यवस्थाको प्रतिनिधि सभा सम्म यस गाउँपालिकाबाट विभिन्न व्यक्तिहरुले प्रतिनिधित्व गर्नु भएको छ | वि.स. १९६८ मा रिडीमा संस्कृत पाठशालाको स्थापना भएको थियो भने २००७ सालको प्रजातन्त्रको आगमन संगै रिडी हाइस्कुल ,थोर्गा मिडिल स्कुल चौतारा प्राइमरि स्कुलहरु खुलेको र त्यसपछि क्रमस सबै ठाउँहरुमा स्कुल पुगेको देखिन्छ | यसरि राजनीतिक ,सामाजिक र शैक्षिक क्षेत्रमा अग्रणी रहेकै कारण थुप्रै राजनैतिक नेतृत्व देखि लिएर प्रशासन तर्फ धेरै जना प्रमुख जिल्ला अधिकारी मन्त्रालयका सह सचिब ,सचिव ,मुख्य सचिव देखि राजदुत सम्म को प्रशासनिक नेतृत्व यस गाउँपालिकाबाट भएको छ |

                      सामाजिक चेतनाको हिसाबले २०२० को दशक देखि नै जातपात तथा छुवाछुत विरोधी आन्दोलन ,फटाहा विरोधी आन्दोलन ,ब्रह्मण हरुले हेलो जोत्ने लगायतका अभियानहरु संचालन भएको पाइन्छ | धार्मिक पर्यटनको  हिसाबले प्रशस्त संभावना रहेको यस गाउँपालिकामा ऐतिहासिक महत्वपूर्ण धार्मिक स्थलहरु रहेका छन् | स्नानबाट नै मोक्ष प्राप्त गर्न सकिने पवित्र काली गण्डकी नदि ,ऋषिकेश मन्दिर ,भृगुतुङ्गेश्वर मन्दिर ,देवदत्त पार्क लगायत प्रशस्त मठ मन्दिर रहेको रुरु क्षेत्रमा माघे संक्रान्ति ,कार्तिकको ठूली एकादशी ,वैशाखे संक्रान्ति लगायतका पर्वहरुमा श्रध्दालु भक्तजनहरुको भीड लाग्ने गर्दछ | ऋषि श्रृङ्गय तपस्या गरेको लेक गुफा भनेर चिनिने श्रृङ्गेश्वर तपोभूमि धाम पनि महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलको रुपमा रहेको छ | यँहा विशेस गरेर श्रावण औंसी र अन्य समयमा पनि भक्तजन र मनोरम दृश्य हेर्नेहरुको गन्तब्य स्थलको रुपमा रहेको छ | बम्घा कोटमा रहेको मन्दिर र रानीले काटेको भनेर चिनिने ढुंगा महत्वपूर्ण रहेका छन् | यो स्थान दृश्यावलोकनका लागि अत्यन्तै महत्वपूर्ण मानिन्छ | ग्वादीमा सिद्धबाबा ,अचमेश्वरको मन्दिर तथा कृष्ण डाँडा गन्तब्य स्थलका रुपमा रहेका छन् |थोर्गाको ऐतिहासिक थानपति मन्दिर दर्शन तथा उक्त मन्दिर रहेको स्थानबाट आसपासको मनोरम दृश्यावलोकनको लागि महत्वपूर्ण रहेको छ | यसै गरि बलेटक्सारको भैरव मन्दिर ,बम्घाको मालिका मन्दिर ,रुद्रबेनी आदि महत्वपूर्ण छन् |

                     आन्तरिक श्रोतका हिसाबले रिडी क्षेत्र ,ग्वादीको रुद्रबेनी तथा बम्घाको बगाउनी लगायतका ठाउँहरुबाट  बालुवा ,गिट्टी ,ढुंगा महत्वपूर्ण श्रोतका रुपमा रहेका छन् | विभिन्न वार्डहरुमा ढुंगा खानी रहेका छन् | रिडी र बलेटक्सार मुख्य बजार केन्द्रका रुपमा रहेका छन् | थोर्गाको खुदो र गूँड ,च्युरेकको लिची ,बम्घाको दुध र आलु मुख्य उत्पादन हुन् | कुखुराको अन्डा ,दुध ,मकै र धानको उन्नत बिउ ,घाँसको बिउ उत्पादनमा गाउँपालिका आत्मनिर्भर छ | गाई,भैसी ,बंगुर ,कुखुराका फर्महरु क्रमस विकसित हुदै छन् | बम्घा र थानपतिको खुत्कामा व्यवसायिक मत्स्यपालन पोखरीहरु रहेका छन् | तरकारी ,विभिन्न जातको मकै र धानको बिउ समेत उत्पादन हुने गरेको छ | काष्ठ र स्टिलका फर्निचर उधोगहरु ,पैंचो प्रा.ली. द्वारा संचालित अचार तथा जाम जेली उधोगका साथै सानातिना घरेलु उधोगहरु छन् | रिडीमा हाइड्रोपावर उधोग रहेको छ | राष्ट्र कै एकमात्र कफि अनुसन्धान केन्द्र समेत यसै गाउँपालिकाको भण्डारीडाँडामा रहेको छ | हालसम्म रिडी र बलेटक्सारमा  गरी ५ वटा बैंक तथा प्रशस्त सहकारी संस्थाहरु कृयाशील रहेका छन् |रानिवासमा रहेको स्नातक तहको अध्यापन हुने श्रृङ्गीश्वर बहुमुखी क्याम्पस तथा रिडीमा रहेका संस्कृत विधापिठ तथा रिडी बहुमुखी क्याम्पस गरि ३ वटा क्याम्पसहरु छन् | माध्यमिक तहका ७ वटा ,आधारभूत तह अन्तर्गत कक्षा -८ सम्म संचालित ७ वटा र कक्षा ५ वा सो भन्दा तल संचालित २९ वटा गरी ४३ वटा विद्यालयहरु छन् | रिडीमा प्राथमिक स्वास्थ्य केन्द्र ,भट्कुवा र अन्य वार्डमा गरी ६ वटा स्वास्थ्य चौकी ,२ वटा आयुर्बेद औषधालयका साथै निजि स्तरका क्लिनिक तथा मेडिकलहरुले स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् | रुरु गाउँपालिका अन्तर्गत स्वास्थ्य ,शिक्षा ,महिला विकास ,कृषि ,पशु का कार्यालयहरु स्थापना भै संचालन भइरहेका छन् | वनकार्यालय,इलाका प्रहरी कार्यालय ,विद्युत प्राधिकरणको शाखा  कार्यालय रिडीमा संचालित  छन् |

    यस गाउँपालिकामा सामुदायिक ,सरकारी र निजी बनहरु प्रशस्त मात्रामा रहेका छन् | साल ,सल्ला ,खयर ,सिमल आदि काठ विक्रिबाट आम्दानी हुने गरेको छ | सल्ला र खयर ठूलो परिमाणमा निकासी हुने गर्दछ |

    यस गाउँपालिकामा ४२७६ घरधुरी र २३,१५५ जनसंख्या रहेको छ |जातिगत हिसाबले ब्राह्मण,आदिवासी जनजाती र दलित रहेको पाइन्छ | धार्मिक हिसाबले हिन्दुहरुको संख्या अत्यधिक रहेको र अन्य धर्मावलम्बीहरुमा क्रिष्टियन ,मुस्लिम र वौद्धहरु रहेका छन् | नेवार ,मगर समुदायको संस्कृति भेषभुषा तथा विभिन्न चाडपर्वहरुले सांस्कृतिक विकासमा टेवा पु¥याएका छन् | रिडी ,बलेटक्सार ,बलेचौर तथा टाहाटिमका नेवार जातीको बस्ती रहेको र उक्त स्थानका लाखे नाच ,गाइजात्रा ,रोपाइँ जात्रा ,घोडेजात्रा  आदि प्रसिद्ध छन् |

Skip to toolbar