मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय लुम्बिनी प्रदेशको आयोजना र जिल्ला समन्वय समिति गुल्मीको समन्वयमा “मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम” सम्बन्धी अन्तर्कृया तथा छलफल सम्पन्न । जिल्ला समन्वय समिति गुल्मी द्वारा सातौँ जिल्ला सभा तथा आ• व• २०७९/०८० को वार्षिक प्रगति समिक्षा बैठक सम्पन्न । स्वास्थ्य कार्यालय गुल्मीको आयोजनामा आ.व. २०७९/८० मा सम्पादित कार्यक्रमहरुको जिल्ला स्तरीय वार्षिक समिक्षा गोष्ठी पल्लिकोट स्वास्थ्य चौकीको सभाहल छत्रकोट गाउँपालिकामामा सम्पन्न । जिल्ला समन्वय समिति गुल्मीको आयोजनामा गुल्मी जिल्लाका विकास निर्माणसंग सम्बन्धित कार्यालयहरू र स्थानीय तहहरूको २०७९/०८० को वार्षिक प्रगति समिक्षा बैठक तथा आ.व. २०८०/०८१ को बजेट तथा कार्यक्रमको जानकारी मितिः २०८० श्रावण २९ र ३० गते सन्चालन भैरहेको कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा आज सम्पन्न । गुल्मी जिल्लाका विकास निर्माणसंग सम्बन्धित कार्यालयहरू र स्थानीय तहहरूको २०७९/०८० को वार्षिक प्रगति समिक्षा बैठक तथा आ.व. २०८०/०८१ को बजेट तथा कार्यक्रमको जानकारी मितिः २०८० श्रावण २९ र ३० गते जिल्ला समन्वय समितिको सभाहलमा संचालन । मालिका गाउँ पालिका गुल्मी र कृषि ज्ञान केन्द्र गुल्मीको आयोजना र जिल्ला समन्वय समिति गुल्मीको समन्वयमा स्थानीय पहिचानसंग जोडिएको मालिकाको रैथाने आलुको “ब्रान्ड लेबल र प्याकेज” सार्वजनिक तथा आयातित संस्कार र परिकारको सट्टा रैथाने आलुको अर्गानिक परिकार प्रदर्शन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को्को कार्यालय राप्ती उपत्यका (देउखुरी ) ,नेपालको आयोजनामा अन्तर्कृया सम्पन्न। १६ औँ गणतन्त्र दिवसको अवसरमा गणतन्त्र दिवस जिल्ला समारोह समिति गुल्मी द्वारा बिबिध कार्यक्रम गरि मनाइयो । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीको आयोजनामा र जिल्ला समन्वय समिति गुल्मीको समन्वयमा स्थानीय तहसङ्ग योजना तर्जुमा प्रगति समिक्षा बैठक सम्पन्न । आशा अपाङ्ग केन्द्र गुल्मीको आयोजना र जिल्ला समन्वय समिति गुल्मीको समन्वयमा महिला, सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेश अन्तर्गतको सि.वि.आर. कार्यक्रम २०७९/०८० को अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न ।

सत्यवती गाउँपालिका गुल्मी

सत्यवती गाउँपालिका नेपालको संविधानको धारा २९५ बमोजिम कायम भएका स्थानीय तह मध्येको एक गाउँपालिका हो । ऐतिहासिक, धार्मिक, सांस्कृतिक र भौगोलिक महत्व बोकेको यस सत्यवती गाउँपालिका लुम्बिनि प्रदेश अन्तर्गत गुल्मी जिल्लामा अवस्थित साविकका गाउँ विकास समितिहरु ठूलाे लुम्पेक , अस्लेवा, लिम्घा, हसरा, जाेहाङ्ग, जुनिया र भार्से को संयोजनबाट बनेको छ । यस गाउँपालिकामा ८ वटा वडा कार्यालयहरु रहेको छन् । ११५।९२ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस गाउँपालिकाको जनसंख्या २३८०७ छ भने केन्द्र जाेहाङ्ग खैरेनी मा रहेको छ । यस गाउँपालिका गुल्मी जिल्लाकाे सवैभन्दा ठूलाे र बढी जनस‌ख्या भएकाे गाउँपालिका हाे ।

Skip to toolbar